| सि.नं. | सेवाको विवरण | आवश्यक पर्ने कागजात/प्रमाणहरु | लाग्ने सेवा दस्तुर | लाग्ने समय | जिम्मेवार कर्मचारी | गुनासाे सुन्ने अधिकारी | कैफियत |
| १ | नागरिकता | | | | | | |
| १.१ | वंशजकाे नाताले नेपाली नागरिकताको प्रमाणपत्र | - हालसालै खिचिएको मुखाकृति, निधार एवं दुवै कान देखिने २.५ x ३ से.मी. साइजको फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनलाइन प्रणाली मार्फत भरिएको अनुसूची-१ फाराम ।
- बाबु र आमाको नागरिकता साे नभए दाजु वा वंशज खुल्ने तीन पुस्ताभित्रको नातेदारको नागरिकता र नाता प्रमाणित ।
- २.५ x ३ से.मी. साइजको फोटो २ प्रति ।
- जन्मदर्ता, जन्म मिति खुल्ने शैक्षिक प्रमाणपत्र, नाबालक परिचयपत्र लिएकाे भए साे समेत ।
- बाबु, आमा वा नागरिकता भिड्ने व्यक्त्तिबाट सनाखत, साे नभए दाजु/भाइ वा तीन पुस्ताभित्रको नजिकको नातेदारसँगको नाता प्रमाणित सहित सनाखत, सनाखत गर्ने व्यक्तिकाे सक्कलै नागरिकता ।
- विवाहित महिलाको हकमा विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माइतीतर्फको वंशज खुल्ने अभिभावकको नागरिकता ।
- बसाइँ सरी आएको हकमा बसाइँसराइको प्रमाणपत्र र जग्गाधनी प्रमाणपुर्जा, घर निर्माण सम्पन्न प्रमाणपत्र, कर तिरेको प्रमाण साथै अन्य जिल्लाबाट बसाइँसराइ गरी आएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/इलाका प्रशासन कार्यालयको अभिलेख सम्बन्धी विवरण ।
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिसपत्र, कर्मचारी परिचयपत्रको छायाँप्रति, स्थानीय तहको सिफारिस सहितको अनलाइन प्रणाली मार्फत भरिएको अनुसूची-१ फाराम १ प्रति, २.५ x ३ से.मी. साइजको फोटो २ प्रति, बाबु वा पतिको सक्कलै नागरिकता सहित सनाखत ।
- प्रमाणीकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको सर्जमिन मुचुल्का ।
| रु.१० काे हुलाक टिकट | प्रमाण पुगेकाेमा पेस भएकै दिन | सम्बन्धित फाँट प्रमुख | कार्यालय प्रमुख | |
| १.२ | वैवाहिक अङ्गीकृत नागरिकता प्रमाणपत्र | - हालसालै खिचिएको मुखाकृति, निधार एवं दुवै कान देखिने २.५ x ३ से.मी. साइजको फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनलाइन प्रणाली मार्फत भरिएको अनुसूची-७ फाराम ।
- अनलाइन जन्मदर्ता प्रमाणपत्र ।
- अनलाइन विवाहदर्ता प्रमाणपत्र र शपथपत्र ।
- बाबु र आमाको सम्बन्धित देशको परिचय खुल्ने प्रमाणपत्र वा कागजात ।
- सम्बन्धित देशको नागरिकता/परिचयपत्र परित्याग गर्न कारबाही चलाएकाे प्रमाण ।
- सनाखत गर्ने पति र निजको नेपाली नागरिकता सक्कलै ।
- २.५ x ३ से.मी. साइजको फोटो २ प्रति ।
- प्रमाणीकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको सर्जमिन मुचुल्का ।
| रु.१० काे हुलाक टिकट | प्रमाण पुगेकाेमा पेस भएकै दिन | सम्बन्धित फाँट प्रमुख | कार्यालय प्रमुख | |
| १.३ | नागरिकता प्रतिलिपि प्रमाणपत्र | - हालसालै खिचिएको मुखाकृति, निधार एवं दुवै कान देखिने २.५ x ३ से.मी. साइजको फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनलाइन प्रणाली मार्फत भरिएको अनुसूची-२ फाराम (ना.प्र.नं.र जारी मिति खुलाउने) ।
- सनाखत गर्नुपर्ने अवस्थामा सनाखत गर्ने व्यक्ति र निजको नेपाली नागरिकताको प्रमाणपत्र सक्कलै ।
- पतिको नाम राखी प्रतिलिपि नागरिकता लिनु पर्दा सक्कल ना.प्र., विवाहदर्ता प्रमाणपत्र, पतिको ना.प्र.को छायाँप्रति र सनाखत, अन्य जिल्लाबाट विवाह गरी आएको हकमा उक्त जिल्लाबाट नागरिकता लिए नलिएकाे अभिलेख, बसाइँ सरी आएकोमा सम्बन्धविच्छेद भए अदालतको फैसला र सम्बन्धित वडामा दर्ता भएको सम्बन्धविच्छेद प्रमाणपत्र ।
- २.५ x ३ से.मी. साइजको फोटो २ प्रति ।
- प्रमाणीकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको सर्जमिन मुचुल्का ।
| रु.१३ काे हुलाक टिकट | प्रमाण पुगेकाेमा पेस भएकै दिन | सम्बन्धित फाँट प्रमुख | कार्यालय प्रमुख | |
| २ | नाबालक परिचयपत्र | - स्थानीय तहबाट नाबालकको विवरण सहितको हालसालै खिचिएको फाेटाे प्रमाणित निवेदन र सिफारिस ।
- अनलाइन प्रणाली मार्फत जारी जन्मदर्ता प्रमाणपत्र ।
- बाबु र आमाको नागरिकताको प्रमाणपत्र तथा अनलाइन प्रणाली मार्फत जारी भएकाे विवाहदर्ता प्रमाणपत्र र संरक्षकको सक्कलै नागरिकता ।
- बाब, आमा र संरक्षकसँगको नाता प्रमाणितको छायाँप्रति ।
- बसाइँसराइ गरी आएको हकमा बसाइँसराइदर्ता प्रमाणपत्र, जग्गाधनीपुर्जा ।
- बाबु, आमाको राहदानी भए साे काे छायाँप्रति ।
- संरक्षक वा बाबु/आमाकाे ना.प्र. अन्य जिल्लाकाे भएमा सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट आधिकारिकता प्रमाणित ।
- फाेटाे २ प्रति ।
- प्रमाणीकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको सर्जमिन मुचुल्का ।
| रु.१० काे हुलाक टिकट | प्रमाण पुगेकाेमा पेस भएकै दिन | सम्बन्धित फाँट प्रमुख | कार्यालय प्रमुख | |
| ३ | आदिवासी/जनजाति, मधेशी, खस/आर्य, मुस्लिम, दलित प्रमाणित | - स्थानीय तहकाे सिफारिस ।
- नागरिकताकाे प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र नभएमा जन्मदर्ता प्रमाणपत्र ।
- सम्बन्धित व्यक्ति वा अभिभावकको निवेदन ।
- बाबु/आमाकाे नागरिकता ।
| | प्रमाण पुगेकाेमा पेस भएकै दिन | सम्बन्धित फाँट प्रमुख | कार्यालय प्रमुख | |
| ४ | राष्ट्रिय परिचयपत्र | - परिचयपत्र बनाउने निवेदकको सक्कलै नागरिकता प्रमाणपत्र ।
- विवाहदर्ता प्रमाणपत्र वा पति/पत्नीको नागरिकता ।
- सम्बन्धविच्छेद भएकाेमा सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र ।
- अन्य जिल्लाबाट बसाइँ सरी आएकाेमा बसाइँसराइ दर्ता प्रमाणपत्र र सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित ।
| | प्रमाण पुगेकाेमा पेस भएकै दिन | सम्बन्धित फाँट प्रमुख | कार्यालय प्रमुख | |