चितवन जिल्लाको दक्षिणी सिमानामा रहेको माडी क्षेत्र भरपतुरबाट करिब ३८ कि.मी.को दुरीबाट शुरु हुन्छ । माडीकाे भाैगाेलिक अवस्थिती हेर्दा अक्षांश २७०२१'१६" देखि २७०३०'४९" उत्तरी अक्षांश, देशान्तर ८४०१५'२०" देखि ८४०३२'३३" पूर्वी देशान्तर, समुन्द्र सतहबाटकाे उचाइ ६३ मिटरदेखि ७५० मिटरसम्म र तापक्रम ८.३८० सेल्सियस देखि ४१० सेल्सियससम्म रहेकाे छ । याे क्षेत्र पूर्व, पश्चिम र उत्तरमा राष्ट्रिय निकुञ्ज रहेको चुरे पहाड तथा दक्षिणमा सोमेश्वर पर्वतमालाले घेरिएको सुन्दर हरियाली उपत्यका हो । यस माडी क्षेत्रको नाम रहेको सम्बन्धमा बिभिन्न किम्बदन्तीहरु पाइन्छन् । माडब्य ऋषिले यस भूमीमा तपस्या गरेर यहाँका बासिन्दाहरुलाई मार्ग दर्शन गर्नु भएको र माण्डब्य ऋषिको तपस्थली भएकाले माडी भनिएको भन्ने किम्बदन्ती छ भने यहाँका आदीबासी थारुहरुले आफ्नो भाषामा पानी जमेको स्थानलाई माड् भन्ने गरेका र माडी उपत्यका भित्र पानी जमेको देखेर थारुहरुले माड्–माड् भन्दै आउँदा माडी नाम रहेको आदीबासी थारुजातका बुढापाका र बुद्धिजिबीहरुको कथन रहेको छ । तत्कालीन गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी गा.बि.स.रहेको यस क्षेत्रलाई एकिकृत रुपमा माडी क्षेत्र भनिएको र नेपाल सरकारले २०७१ साल मंसिर १६ गते ४ वटै गा.बि.स.लाई मिलाएर माडी नगरपालिका गठन भएको छ । यस नगरपालिकाको वडा नं. १, २, ३, ४, ५ र ६ मा मुख्यतः थारु बस्ती रहेको भएता पनि अन्य जात–जातिहरुमा ब्राम्हण, क्षेत्री, मगर, गुरुङ, तामाङ, विश्वकर्मा, परियार, बोटे, दराई, राई, चेपाङ, गन्धर्ब, मधेसी, मुस्लिम लगायतका जातजातिहरुको बसोबास रहेको छ ।
