Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, चितवन

इलाका प्रशासन कार्यालय, माडी, चितवन

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, चितवन

इलाका प्रशासन कार्यालय, माडी, चितवन

बुधबार, आश्विन २१, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

माडीकाे परिचय

माडीकाे संक्षिप्त परिचय

            चितवन जिल्लाको दक्षिणी सिमानामा रहेको माडी क्षेत्र भरपतुरबाट करिब ३८ कि.मी.को दुरीबाट शुरु हुन्छ । माडीकाे भाैगाेलिक अवस्थिती हेर्दा अक्षा‌ंश २७०२१'१६" देखि २७०३०'४९" उत्तरी अक्षा‌ंश, देशान्तर ८४०१५'२०" देखि ८४०३२'३३" पूर्वी देशान्तर, समुन्द्र सतहबाटकाे उचाइ ६३ मिटरदेखि ७५० मिटरसम्म र तापक्रम ८.३८० सेल्सियस देखि ४१० सेल्सियससम्म रहेकाे छ । याे क्षेत्र पूर्व, पश्चिम र उत्तरमा राष्ट्रिय निकुञ्ज रहेको चुरे पहाड तथा दक्षिणमा सोमेश्वर पर्वतमालाले घेरिएको सुन्दर हरियाली उपत्यका हो । यस माडी क्षेत्रको नाम रहेको सम्बन्धमा बिभिन्न किम्बदन्तीहरु पाइन्छन् । माडब्य ऋषिले यस भूमीमा तपस्या गरेर यहाँका बासिन्दाहरुलाई मार्ग दर्शन गर्नु भएको र माण्डब्य ऋषिको तपस्थली भएकाले माडी भनिएको भन्ने किम्बदन्ती छ भने यहाँका आदीबासी थारुहरुले आफ्नो भाषामा पानी जमेको स्थानलाई माड् भन्ने गरेका र माडी उपत्यका भित्र पानी जमेको देखेर थारुहरुले माड्–माड् भन्दै आउँदा माडी नाम रहेको आदीबासी थारुजातका बुढापाका र बुद्धिजिबीहरुको कथन रहेको छ । तत्कालीन गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी गा.बि.स.रहेको यस क्षेत्रलाई एकिकृत रुपमा माडी क्षेत्र भनिएको र नेपाल सरकारले २०७१ साल मंसिर १६ गते ४ वटै गा.बि.स.लाई मिलाएर माडी नगरपालिका गठन भएको छ । यस नगरपालिकाको वडा नं. १, २, ३, ४, ५ र ६ मा मुख्यतः थारु बस्ती रहेको भएता पनि अन्य जात–जातिहरुमा ब्राम्हण, क्षेत्री, मगर, गुरुङ, तामाङ, विश्वकर्मा, परियार, बोटे, दराई, राई, चेपाङ, गन्धर्ब, मधेसी, मुस्लिम लगायतका जातजातिहरुको बसोबास रहेको छ ।


पछिल्लो अपडेट गरिएको : 2083-06-01 10:14:28

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, माडी, चितवन